Thursday 19th March 2026

नयाँ सभामुख चयन प्रक्रियाः आज मनोनयन दर्ता


तितोपाटी-प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरु हुँदैछ । नयाँ सभामुख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिनिधिसभामा नयाँ सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुनेछ । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिए । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । यसैगरी आज दिउँसो साढे दुई बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती करणीको प्रयासको आरोप लागेपछि गत १४ असोजमा पदबाट राजीनामा दिएका थिए ।

नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। विपक्षी कांग्रेसले भने अहिलेसम्म उमेद्वारी दिन नदिने निर्णय गरेको छैन।
सोमबार उपसभामु शिवमाया तुम्बाहाम्फेले समेत पदबाट राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया सुरु भएको हो । सभामुखपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...