Thursday 15th January 2026

अग्नि सापकोटा सभामुख बन्ने निश्चित


तितोपाटी-सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको हो ।

दुई अध्यक्षबीचको सहमतिलाई आजै अपराह्न चार बजेपछि बस्ने नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउनेबारे औपचारिकता दिने बालुवाटार श्रोतले जनायो ।

यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो । दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह चार बजे सचिवालय बैठक बोलाइएको छ ।-रातोपाटी बाट


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...