Monday 25th August 2025

कलिला दुई छोरासहित दम्पति त्रिशुलीमा हेलिए


तितोपाटी – धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ स्थित बादरेमोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन्। काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हेलिएका हुन्।

घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु बेपत्ता छन् ! श्रीमान बिनयलाई भने स्थानीयले जिवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ। त्रीशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।जिवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन भने घटनाको अनुसन्धान भैरहेको गजुरी प्रहरीले बताएको छ ।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...