Wednesday 8th April 2026

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम


तितोपाटी- आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो । प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए ।

प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ ।

सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरे ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...