Monday 4th August 2025

नेकपा प्रदेश ३ को संसदीय दलको निर्णय प्रदेश बाग्मती र राजधानी हेटौडा


तितोपाटी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि पार्टीको सचिवालय बैठकले पनि नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। अब आइतबार बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको मुख्यमन्त्री डोरमणि पौडेलका निजी सचिव अनुप पौडेलले जानकारी दिए।प्रदेशसभा ३ मा कुल एकसय १० सदस्यमध्ये नेकपाका ८० प्रदेशसभा सदस्य छन्। ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ।
-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...