Friday 11th September 2026

अमेरिका–इरान तनाव : इराकबाट ७ नेपाली फर्किए


तितोपाटी-इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ। उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीके काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन्। आइतबार र सोमबार फर्कने टोलीमा नेपाली सात जना छन्।

‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,’ अमेरिकी बेसक्याम्पमा स्टोर म्यानेजरका रुपमा कार्यरत सुरज तामाङले भने,’आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं।’ १२ बर्षदेखि त्यहाँ कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरु रहेको बताए। ‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ,’ उनले भने, ‘अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो।’

उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन्। ती कम्पनीले अत्यावश्यक संख्याका कामदारमात्र राखेर बाँकीलाई समान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन्।

क्याम्पभित्र नेपालीहरु खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न छन्। अहिले क्याम्पबाट बाहिर निस्कने अनुमति दिइएको छैन। भित्र पनि सबै ठाउँमा जाने पहुँच हुँदैन, त्यसकारण क्याम्पभित्रकै सबै नेपालीसँग भेटघाट हुन पाउँदैन। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...