Thursday 20th August 2026

साउदीका अवैध नेपालीलाई घर फर्कने अवसर


तितोपाटी-साउदी सरकारले अवैध रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई बर्हिगमन भिसा जारी गर्ने भएको छ।

आप्रवासी श्रमिकलाई उपलब्ध गराइने परिचय पत्र (अकामा) नवीकरण नगरेका वा कम्पनी छाडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसर उपलब्ध गराइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

हालै साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले यो व्यवस्था गरेको हो।१ महिनाभन्दा बढी अवधि अकामा नविकरण नभए, नयाँको हकमा ४ महिनाभन्दा बढी अवधि अकामा जारी नभए वा कम्पनी छोडी भागेको अवस्थाका आप्रवासी श्रमिकलाई बहिर्गमन भिसा जारी गरिने भएको हो। बहिगर्मन भिसा लिन कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना वा सजायँ नपाएको हुनुपर्ने दूतावासले जनाएको हो।

बर्हिगमन भिसाका लागि आवश्यक कागजातः

१) तोकिएस्वरूपको निवेदन
२) अकामाको प्रतिलिपी–३ प्रति
३) राहदानी र भिषाको प्रतिलिपी– ३ प्रति

-नेपाललाईभबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...