Saturday 20th December 2025

पुर्व विश्वकप च्याम्पियन जर्मनीलार्इ कोरियाले २-० ले हरायो


तितोपाटी – रुस विश्वकप अन्तर्गत बुधबार भएको पहिलो खेलमा विश्व विजेता जर्मनी एसियाली राष्ट्र कोरियासँग पराजित भभयो । कोरियासँग २–० ले पराजित भएसँगै जर्मनी रुस विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ । कोरियाले विश्वकपको साविक विजेता जर्मनलाई स्तब्ध बनाएपछि समूह एफबाट स्वीडेन र मेक्सिको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

दक्षिण कोरियाले जर्मनीविरुद्ध शानदार जित दर्ता गर्नु ठूलो खुशीको क्षण थियो । तर, बुधबार मैदानको वातावरण त्यसमा मात्र सीमित थिएन । जर्मनी विश्वकपको पहिलो चरणबाट बाहिरिदा कोरियासमेत अन्तिम खेल खेल्दै थियो ।

विश्व विजेतालाई शानदार ढंगले पराजित गरेर पाखा लगाउँदा समेत आफू घर फर्किनुपर्दाको पीडा कोरियाली खेलाडीमा देखिन्थ्यो । त्यही पीडालाई खेल सकिएपछि कोरियाली खेलाडीले मैदानमै पोखरेका हुन् ।

जर्मनीलाई कोरियाले पराजित गरेर खेल समापन हुँदा केहीबेर मैदानमा सन्नाटा नै छाएको थियो । किनी एकातर्फ नमिठो पराजयसँगै पहिलो चरणबाटै घर फर्किनुपर्दाको पीडाले जर्मन खेलाडी रोइरहेका थिए ।

समर्थककका समेत आँखा रसाइरहेकै थिए । अर्कातर्फ जर्मनीविरुद्ध शानदार जित दर्ता गर्दा पनि पहिलो चरणबाटै घर फर्किनुपर्दाको पीडा कोरियाली खेलाडीमा थियो ।

त्यसैले जर्मनी पराजयमा रुदै गर्दा दक्षिण कोरिया विश्वकपबाट बाहिरिनुपर्दाको पीडामा रोएको हो ।

जर्मनी र दक्षिण कोरियाको प्रतिस्पर्धात्मक खेलको ९० मिनेटसम्म कतैबाट गोल हुन सकेको थिएन । जब रेफ्रीले ६ मिनेट इन्जुरी समय दिए तब दक्षिण कोरियाले गोलको वर्षा नै गर्यो ।

पहिलो तीन मिनेटमा पहिलो र दोस्रो तीन मिनेटमा दोस्रो गोल गर्दै कोरियाले विश्व विजेता जर्मनीलाई स्तब्ध बनायो । त्यसपछिको मैदान र रंगशालाको अवस्था सन्नाटामा परिणत भयो ।

दक्षिण कोरियाका लागि जर्मनीविरुद्ध इन्जुरी समयमा किम यङ वन र सन हिउन मिनले एकएक गोल गरेर सनसनीपूर्ण ढंगले नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

खेलमा सनसनी मच्चाए पनि दक्षिण कोरिया दोस्रो खेलबाटै विश्वकपबाट बाहिरिसकेको थियो । यद्यपी उसको अन्तिम खेलको प्रशंसा भने विश्वका फुटबल दर्शकले गरेका छन् ।

उता समूह एफकै अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले पराजित गरेको छ। स्वीडेनका लागि लुडविग अगस्टिनसन र आन्देस गा्रभिष्टले एकएक गोल गरे भने मेक्सिकोले एक गोल उपहार दियो । समूह एफबाट जर्मनी र दक्षिण् कोरिया घर फर्किदा स्वीडेन र मेक्सिको विजेता र उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...