Friday 25th July 2025

शिर्षक – परदेशीको कथा, ब्यथा,,,


किन,किन मलाई परदेशीको कथा लेख्न मन लाग्छ

आफ्नो गाउँ जन्म भूमिलाई नियालेर हेर्न मन लाग्छ

 

सायद आफु पनि परदेशी भएर नै होला किन,, किन,,

मलाई सबै परदेशीको कथा, ब्यथा उस्ता, उस्तै लाग्छ

 

मरभूमिको ठाउँ जता हेर्यो धुलो धुवाँ उजाड, उजाड

आफ्नो देश नेपालको धुलो माटोमा खेल्न मन लाग्छ

 

हेर्न खोज्छु चारै तिर सबै देख्छु बालुवा,बालुवा उडेको

आफ्नै गाउँ घर पाखा पखेरा हरियाली हेर्न मन लाग्छ,

 

खै कसरी भनु लेखु परदेशीहरूको जिन्दगी कथा ब्यथा

यी लेख्न लागेको शब्दहरू पनि आफैले रोक्न मन लाग्छ

 

न, लेखु भनि लेख्न मन लाग्छ मन भित्र गुम्सिएका शब्द

लेख्दा-लेख्दा नयनबाट आँशुका वर्षाहरू झार्न लाग्छ !!

 

 

उहि नेपाल आमाको छोरी सानु लामा

बर्दिया हाल

मरूभूमि खाडि मुलुक !!!

 

 

 


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...