Tuesday 6th October 2026

शिर्षक – परदेशीको कथा, ब्यथा,,,


किन,किन मलाई परदेशीको कथा लेख्न मन लाग्छ

आफ्नो गाउँ जन्म भूमिलाई नियालेर हेर्न मन लाग्छ

 

सायद आफु पनि परदेशी भएर नै होला किन,, किन,,

मलाई सबै परदेशीको कथा, ब्यथा उस्ता, उस्तै लाग्छ

 

मरभूमिको ठाउँ जता हेर्यो धुलो धुवाँ उजाड, उजाड

आफ्नो देश नेपालको धुलो माटोमा खेल्न मन लाग्छ

 

हेर्न खोज्छु चारै तिर सबै देख्छु बालुवा,बालुवा उडेको

आफ्नै गाउँ घर पाखा पखेरा हरियाली हेर्न मन लाग्छ,

 

खै कसरी भनु लेखु परदेशीहरूको जिन्दगी कथा ब्यथा

यी लेख्न लागेको शब्दहरू पनि आफैले रोक्न मन लाग्छ

 

न, लेखु भनि लेख्न मन लाग्छ मन भित्र गुम्सिएका शब्द

लेख्दा-लेख्दा नयनबाट आँशुका वर्षाहरू झार्न लाग्छ !!

 

 

उहि नेपाल आमाको छोरी सानु लामा

बर्दिया हाल

मरूभूमि खाडि मुलुक !!!

 

 

 


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...