Monday 20th May 2024

नेपाल बसेर अन्य देशमा साइबर अपराध


तितोपाटी-सोमबार बिहान प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा प्रहरीले विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्यो। छापाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेतृत्व गरेको थियो भने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले सिआइबीलाई सहयोग गरेको थियो।

त्यसक्रममा एक सय २२ विदेशी नागरिक पक्राउ परे। उनीहरूको साथबाट ४ सय ३० वटाभन्दा बढी ल्यापटप, मोबाइल फोन र सिम बरामद गरेको छ। पक्राउ परेका सबै चिनियाँ नागरिक भएको खुल्न आएको छ।एकै व्यक्तिका साथबाट ३ देखि ५ वटासम्म ल्यापटप बरामद भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए।‘एकै व्यक्तिले किन विदेश आउँदा यत्ति धेरै ल्यापटप बोके त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं’, सिआइबीका डिआइजी निरज शाहीले भने,‘अनि त्यो ल्यापटपबाट केही गडबडी पनि देखिएको छ।’

सिआइबीले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपालमा बसेर अन्य देशमा साइबर अपराध गरेको खुल्न आएको छ।कुन कुन देशमा अपराध गरे भन्ने जानकारी प्रहरीले गोप्य राखेको छ।‘अनुसन्धान सकेपछि उनीहरूको बारेमा हामी जानकारी दिन्छौं’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।

स्रोतका अनुसार नेपाल प्रहरीका प्रमुख आइजिपी सर्वेन्द्र खनाललाई उनीहरूले गरेको अपराधका बारेमा सूचना पाएपछि विदेशी नागरिकमाथि अपरेसन चलाउन मातहतका निकायलाई निर्देशन दिएका थिए।पक्राउ परेका अधिकांश इलिगल रूपमा बस्दै आएको खुल्न आएको छ।केही भने भिसा लिएर नै बसेको देखिएको छ। भिसा भएका र प्रहरीको अनुसन्धानको दायरामा नपरेका केहीलाई रिहाइ गरिसकेको प्रहरीले जनाएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ ।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

प्रतिकृयाहरू
...