Tuesday 7th April 2026

नेपाल बसेर अन्य देशमा साइबर अपराध


तितोपाटी-सोमबार बिहान प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा प्रहरीले विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्यो। छापाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेतृत्व गरेको थियो भने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले सिआइबीलाई सहयोग गरेको थियो।

त्यसक्रममा एक सय २२ विदेशी नागरिक पक्राउ परे। उनीहरूको साथबाट ४ सय ३० वटाभन्दा बढी ल्यापटप, मोबाइल फोन र सिम बरामद गरेको छ। पक्राउ परेका सबै चिनियाँ नागरिक भएको खुल्न आएको छ।एकै व्यक्तिका साथबाट ३ देखि ५ वटासम्म ल्यापटप बरामद भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए।‘एकै व्यक्तिले किन विदेश आउँदा यत्ति धेरै ल्यापटप बोके त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं’, सिआइबीका डिआइजी निरज शाहीले भने,‘अनि त्यो ल्यापटपबाट केही गडबडी पनि देखिएको छ।’

सिआइबीले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपालमा बसेर अन्य देशमा साइबर अपराध गरेको खुल्न आएको छ।कुन कुन देशमा अपराध गरे भन्ने जानकारी प्रहरीले गोप्य राखेको छ।‘अनुसन्धान सकेपछि उनीहरूको बारेमा हामी जानकारी दिन्छौं’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।

स्रोतका अनुसार नेपाल प्रहरीका प्रमुख आइजिपी सर्वेन्द्र खनाललाई उनीहरूले गरेको अपराधका बारेमा सूचना पाएपछि विदेशी नागरिकमाथि अपरेसन चलाउन मातहतका निकायलाई निर्देशन दिएका थिए।पक्राउ परेका अधिकांश इलिगल रूपमा बस्दै आएको खुल्न आएको छ।केही भने भिसा लिएर नै बसेको देखिएको छ। भिसा भएका र प्रहरीको अनुसन्धानको दायरामा नपरेका केहीलाई रिहाइ गरिसकेको प्रहरीले जनाएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...