Friday 2nd October 2026

भिजिट नेपाल २०२० सफल पार्न कुवेतमा छलफल


तोयानाथ उपेक्षित – धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो ।

प्रचार समाग्रीहरु ठुला सपिङ महल, होटल, अस्पताल, क्लब र कुवेती नागरिकहरु जमघट हुने स्थानमा पुर्याउने तयारी दूतावासको रहेको बताईयो । यसरी नै छलफलमा दूतावासले कुनै पनि कम्पनीमा कार्यरत माथिल्ला कर्मचारीहरु नेपालबारे सुन्न, बुझ्न र जान्न चाहान्छन भने दूतावासको टोलीलाई बोलाउने बातावरणका लागि भुमिका खेल्न भनियो । गाडीहरु, यहाँका राष्ट्रिय मिडियाहरुमा, होर्डिङ बोर्डहरुमा भिजिट नेपालको प्रचार प्रसार गर्न सुझाव दिईएको थियो ।

नेपाल घुमेर आएका कुवेती नागरिकहरुसँग सम्पर्क गरेर उनीहरुको प्रतिक्रिया सहितको अरबी भाषामा भिडियो क्लिपहरु बनाएर यहाँको टेलिभिजनमा बजाउन र देखाउन सके अरु बढी प्रभावकारी हुने थियो भन्ने विचारहरु पनि छलफलमा सहभागीहरुले राखेका थिए । भरखरै मात्र कुवेतबाट नेपालका लागि अल जजिरा एयरवेजको सिधा उडान शुरु भएको तर त्यसमा विजनेस क्लासका सिट नभएकोले दुतावासलाई विजनेस क्लासका सिट भएको प्लेन हाल्नका लागि सम्बन्धित विमान कम्पनीसँग अनुरोध गर्न सहभागीहरुले सुझाव दिएका थिए ।

नेपाल एयरपोर्टमा ईश्लामिक देशबाट जानेहरुका लागि प्राथना गर्ने कक्ष हुन पर्ने र हलाल फुडको अभावमा उनीहरुलाई नेपाल भ्रमण असहज हुने भएकाले नेपाल सरकार तथा पर्यटनबोर्डको ध्यान त्यातातिर पनि जाओस भनी राजदूतको ध्यानकार्षण गराईएको थियो । ट्राभल टुर लाई प्याकेजमा व्यवस्थापन गर्न र भिषा प्रक्रियालाइ अझ सहज बनाउन पनि दूतावासलाई सुझाव दिईएको थियो ।

आगामी जनवरी ७ का दिन कुवेतमा एक बृहत कार्यक्रमका माझ नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने भएको छ । नेपाली राजदुतावासले भ्रमण वर्ष सफल पार्न आफ्नो सक्रियता बढाएको छ । यहाँ स्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरुसँगको भेटघाटलाई पनि भ्रमण वर्ष सफल पार्न दूतावासले तिव्र बनाएको बताईन्छ । यसरी नै नेपालसँग सम्बन्धित विज्ञापन कुवेती टेलिभिजनमा सातामा तिन पटक बज्ने गरेको जानकारी दुतावासले गराएको थियो ।

खाडी राष्ट्रमा रहेका नेपाली नियोगहरुको विचमा छिट्टै नै ओमनमा एक छलफल कार्यक्रम हुन गइरहेको राजदुत भण्डारीले सहभागीहरुलाई गराउदै त्यहाँबाट स्पष्ट कार्ययोजना सहित अघि बढ्ने योजना रहेको उहाँको कथन थियो । एक नेपाली एक पर्यटकको नारालाई सार्थक बनाउन सबैले लाग्नु पर्नेमा उहाँको जोड थियो ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...