Wednesday 16th September 2026

ठेकेदारले आलटाल गर्दा रातिदेखि अवरूद्ध मुग्लिन सडक अझै खुलेन


चितवन । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै शुरुमा पहिरो पन्छाउन नमाने पछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान ५:३० बजे खसेको पहिरो ८:३० बजेदेखि मात्र पन्छाउन थालिएको थियो ।
शुरुमा एउटा एक्साभेटरले एकापट्टिबाट मात्र पहिरो पन्छाउन शुरु गरे पनि पछि आयोजनाको दबाबसँगै ठेकेदार कम्पनीले थप एक एक्साभेटर र एक लोडर प्रयोग गरेर पहिरो पन्छाइरहेको आयोजनाले जनाएको छ । बिसुरालले ठेकेदार कम्पनीले पेस गरेको कागजपत्र नमिलेका कारण भुक्तानीमा ढिलाइ भएको भन्दै कामको भुक्तानी हुने बताउनुभयो ।
यस वर्षकै सबैभन्दा ठूलो पहिरो आज टोपेखोलामा खसेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार पहिरोले सडकको ३० मिटर भाग पूरै ढाकेर नदीसम्म खसेको छ । दिउँसो १ बजेसम्ममा पहिरो पन्छाउने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

स्रोतः NEWS24


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

चीनले सांघाई नजिकको समुद्री क्षेत्रबाट एकैपटक ९ वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। बुधबार बिहान ग्राभिटी–१ वाई३ रकेटमार्फत प्रक्षेपण…

प्रतिकृयाहरू
...