Thursday 18th June 2026

मकाउमा अात्महत्याको असफल प्रयास गरेका युवाले पाए क्षतिपुर्ती


तितोपाटी – अघिल्लो साता आत्महत्याको प्रयासपछि गम्भीर घाइते नुवाकोटका ईश्वर थिङले क्षतिपूर्ति पाएका छन्। थिङलाई उनले काम गर्ने कम्पनी ग्लोबल सेक्युरिटीले झन्डै नौ लाख बराबरको क्षतिपूर्ति दिएको हो।

उनलाई क्षतिपूर्ति दिलाउन हङकङ र मकाउका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउकी अध्यक्ष शान्ति अधिकारी र चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापालगायतले पहल गरेका थिए।

रोजगारीका लागि मकाउ पुगेका थिङमाथि कम्पनीका सिनियर कर्मचारीले दुव्र्यवहार गरेपछि आफू बसेकै कोठामा आत्महत्या प्रयास गरेका थिए। बेहोस् अवस्थामा उनलाई त्यहाँको प्रहरीले उद्धार गरेको थियो। घाइते थिङको स्थानीय सान्त्याङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले कसैलाई भेट्न नदिएपछि महावाणिज्य दूत भट्टराई हङकङबाट मकाउ पुगेका थिए। वाणिज्य दूत भट्टराईसहित एनआरएन मकाउकी अध्यक्ष अधिकारी र चेम्बर अफ कमर्स मकाउका अध्यक्ष थापालगायतले गत शनिबार अस्पताल थिङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

थिङको घाटीको नसा च्यापिएकाले उनी अझै बोल्न सक्दैनन्। उनले लेखेर संवाद गरेको महावाणिज्य दूत भट्टराईले जानकारी दिए।

थिङलाई विशाल थपलिया र युजाराज न्यौपानेले १२ लाख रकम लिएर मकाउ लगेका थिए। उनलाई मकाउ पुर्याउने मध्ये युजाराज एनआरएन मकाउका कोषाध्यक्ष हुन्। कोषाध्यक्ष न्यौपानेलाई एनआरएनले पद मुक्त गरिसकेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ।


सम्बन्धित शीर्षकहरु

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

प्रतिकृयाहरू
...