Tuesday 17th February 2026

विदेश आउदैहुनुहुन्छ भने,यी कागजात नहुँदा अध्यागमनले फर्काउँछ (सूची सहित)


तितोपाटी-वैदेशिक यात्रा अनुमतिका लागि गृहमन्त्रालयले हालै केही नियम अद्यावधिक गरेको छ ।

अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो जसअनुसार विदेश जाने यात्रुका लागि अध्यागमनमा तोकिएका कागजात पूरा भए मात्र उसले यात्राका लागि अनुमति पाउँछ । केही कागजात पूरा नभए अध्यागमनले उसलाई विदेश जान अनुमति दिँदैन ।

अध्यागमन ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरुका लागि हातेपुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकहरुलाई विभिन्न मुलुक प्रस्थान अनुमति दिने गरी आवश्यक व्यवस्था हुँदै आएकोमा सो कानूनी व्यवस्था,व्याख्या र आधारलाई थप वस्तुनिष्ठ बनाउने गरी नियम अद्यावधिक गरिएको विभागको भनाइ छ ।

पर्यटकीय प्रकृतिका भिसामा विदेश जानका लागि गृह मन्त्रालयले विभिन्न कागजात अध्यागमन अधिकारीलाई देखाउनु पर्ने व्यवस्था गरेको छ । जसअनुसार अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्नेछ । यस्तै गन्तब्य मुलुकको ब्ल्याक लिस्टको सूचीमा यात्रारत व्यक्ति छ या छैन पनि हेरिनेछ ।यस्तै चीन तथा थाइल्याण्ड, खाडी राष्ट्र, अफ्रिकाबाहेकको अनअराइभल टिकट पाइने मुलुक लगायतका देशहरुमा पनि पर्यटक भिसामा जानेहरुका लागि सोही व्यहोराको कागजात देखाउनुपर्छ ।यस्तै विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्ने कागजात देखाउनुपर्छ ।

यसैगरी तालिम तथा कार्यक्रममा विदेश जानेहरूको हकमा पासपोर्ट, भिसा, गन्तब्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचयपत्र देखाउनु पर्नेछ । यस्तै कामदार भिसामा जानेहरुको हकमा भने श्रम स्वीकृतिको म्याद कम्तिमा ९० दिन भएको हुनुपर्नेछ तर युरोपियन देशहरुको भिसा भएकाहरुको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...