Friday 30th October 2026

इजरायल र हमासबिच पहिलो चरणको वार्ता, युद्दविराम गर्ने सहमित


इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो । अमेरिका नेतृत्वको गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति गरेपछि इजरायली बन्धकहरू ‘धेरै चाँडै’ रिहा हुने अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन्। वार्ता सफल भए लगत्तै ट्रम्प आउँदो केही दिनभित्र इजरायलको यात्रा गर्ने तयारीमा छन् ।

अहिले भएको सहमतिलाइ इजरायली क्याबिनेटले अनुमोदन गरेपछि ७२ घण्टाभित्रै बन्धकहरू रिहा गरिनेछन् ।

हमासको कब्जामा एक नेपाली विपीन जोशी सहित २० जना जिवित बन्धक रहेको अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...