Thursday 18th June 2026

उरूग्वेले रसियालार्इ हराए पनि दुबै टिम नकाउट चरणमा प्रवेश


तितोपाटी – विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६ मा पुगेको छ ।

उरुग्वेसँग पराजित भएको रसिया पनि समूह ए बाट ६ अंकसहित उपविजेताकारुपमा विश्वकपको अन्तिम १६ मा पुगेको छ ।

उरुग्वेसँग पराजित भएको रसिया पनि समूह ए बाट ६ अंकसहित उपविजेताकारुपमा विश्वकपको अन्तिम १६ मा पुगेको छ । समूह ए अन्तरगतको अन्तिम खेलमा उरुग्वेका लागि खेलको १० औँ मिनेटमा लुइस स्वारेजले अग्रता दिलाएका थिए । सुरुबाटै दबाबमा राखेको उरुग्वेलाई रसियाले खेलको २३ औँ मिनेटमा आत्मघाती गोल उपहार दियो ।

रसियाबाट यो विश्वकपमा सर्वाधिक ३ गोल गरिसकेका डेनिस चेरिसोभले आत्मघाती गोल गरेपछि उरुग्वे २–० ले अघि बढेको थियो । त्यसपछि खेलको ३६ औँ मिनेटमा इगोर स्मोल्इकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रसिया १० खेलाडीमा खेल्न बाध्य भयो ।

दोस्रो हाफमा एडिन्सन काभानीले अर्को गोल थपे । उनले खेलको ९० औँ मिनेटमा गोल गरेपछि उरुग्वे ९ अंकसहित अन्तिम १६ मा प्रवेश गर्यो । अर्कातिर साउदी अरेयिबा र इजिप्टमाथि गोलबर्षा गरेको आयोजक रसिया भने खेल अवधिभर निरीह बनेको थियो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...