Sunday 13th July 2025

साउदीले इजिफ्टलार्इ २-१ ले हरायो


तितोपाटी – साउदी अरेबियाले अन्त्यतिर गोल गरेर इजिप्टमाथि सोमबार २–१ को जित दर्ता गर्‍यो । समूह चरणबाटै बाहिरिएका दुई टिमको प्रतिस्पर्धामा साउदी टिमले विश्वकप फुटबल सन् १९९४ यता पहिलो जित रच्यो । इजिप्टका फरवार्ड मोहमद सलाहको यात्रा भने झनै पीडादायी रह्यो ।

लिभरपुलका फरवार्ड सलाहले इजिप्टलाई चाँडै अग्रता दिलाएका थिए । तर उनले अग्रता दोब्बर पान स्वर्णिम अवसर भने गुमाएका थिए । साउदीका लागि मिडफिल्डर सालेम अल–दावसरीले ९५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

उद्घाटन खेलमा रुससँग ५–० ले हारेको साउदीले त्यसयता खुबै सुधार गर्‍यो । प्रतियोगितामा एकमात्र गोल गरेको साउदी समूह ‘ए’ मा तेस्रो भयो । बिनाअंक अन्तिम स्थानमा रहेको इजिप्टले अर्जेन्टिनी प्रशिक्षक हेक्टर कुपरले सम्हालेको टिमले कुनै अंक जोड्न सकेन ।

विश्वकप खेल्ने जेठा खेलाडी बने इजिप्टका गोलकिपर

युरोपेली च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलका लागि रियल म्याड्रिडविरुद्ध खेल्दा घाइते भएकाले सलाहले विश्वकपको पहिलो खेल गुमाएका थिए । उनले त्यसयताका लगातार दुई खेलमा गोल गरे ।

यसअघि इजिप्टका गोलकिपर इसाम एल–हादरी विश्वकप खेल्ने सबैभन्दा जेठो खेलाडी बने । उनले ४५ वर्षको छँदा विश्वकपमा गोलपोस्ट सम्हाल्ने अवसर पाएका हुन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

नारायण कोइराला - गुलेली काव्य "लक्ष्य" को तानसेन पाल्पामा लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना…

झापाली समाज कुवेत को छैटौँ अधिवेशन कुवेत मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली…

प्रतिकृयाहरू
...