Thursday 27th August 2026

पाच वर्ष कोरिया बसेर नेपाल फर्केका विष्णु टर्की पालनमा व्यस्त


तितोपाटी- पाँच वर्ष कोरिया बसेर फर्केका स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ का विष्णु बस्याल यतिबेला टर्की पालनमा व्यस्त छन्।

कोरियामा पाँच वर्ष पशुपालन क्षेत्रमा काम गरेका उनले नेपाल फर्केलगत्तै आफ्नै अनुभवको व्यवसाय सुरु गरेका हुन् । एक वर्ष पहिला कोरियाबाट फर्केका विष्णुले कृषि क्षेत्रमा नेपालमै व्यवसाय सुरु गरेको आठ महिना भएको छ । सात रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका विष्णुको फार्ममा यतिबेला तीन सय टर्की छन् । ब्याचलर पढ्दापढ्दै कोरिया भाषा पढेर पाँच वर्ष पहिले ठूलो सपना देखेर कोरिया छिरेका विष्णुका केही सपनाहरु पूरा भए पनि आफूले सोचेका सबै सपनाहरु पूरा नभएपछि तिनै सपनाहरू साकार पार्न उनी आफ्नै देशमा मेहनत लागेको बताउँछन् । उनी भन्छन्, “गाउँमा विदेश जाने चलेको लहरले गर्दा म पनि विदेशिएको थिएँ । सबै युवा जस्तो म पनि ठूलो सपना देखेर विदेशमा पैसा नै फल्ने ठानेर विदेश छिरें । तर विदेश छिरेपछि बल्ल थाहा पाएँ, आफ्नै देशमा भन्दा बढी दुःख नगरी पैसा फल्ने रहेनछ ।”

विदेशमा गर्ने आधा दुःख नेपालमै गर्ने हो भने विदेशमा पन्ध्र घण्टा काम गरेर कमाई हुने पैसा नेपालमा आधा समय खर्च गरेर परिवारको साथमा बसेर कमाइ हुने उनको अनुभव छ । स्याङ्जा जिल्लाको तेस्रो व्यापारिक केन्द्रमा छ उनको फार्म । उत्पादन भए पनि बजारको भने समस्या छ । वस्तुले बजार नपाउँदा व्यावसायिक रुपमा लागेकाहरुको मनोबल गिर्ने उनी बताउँछन् । गल्याङ बजारबाट करिब एक किलोमिटरको दुरीमा रहेको यस फार्ममा उत्पादन भएका वस्तुहरु त्यही बजारमा मात्रै बजार गरे पनि सबै उत्पादन त्यही बजारले धान्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ । उत्पादन र बजार व्यवस्थापन दुवैतिर लाग्ने हो भने व्यवसायमा सफल हुन नसक्ने र आफ्नो बढी रुची उत्पादनमा रहेको विष्णुको भनाइ छ । ऋणको लागि झन्झटिलो डकुमेन्ट प्रक्रिया गरेर दुःख दिनु भन्दा असली किसानलाई लगानी गर्न सके देश कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने उनको सुझाव छ ।
साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

प्रतिकृयाहरू
...