Monday 19th January 2026

१० बुँदे सहमति संगै खुल्यो मलेसिया रोजगारी


तितोपाटी- १५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेकाे छ।

नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा सूचारु भएको बताए। मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएको सहसचिव घिमिरेले बताए।
‘हाललाई पूर्ववत अवस्थामै रहेका ३६ स्वास्थ्य संस्थाबाट काम सुचारु गर्ने र कुल सूचीकृत १२२ मध्ये बाँकी रहेको ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको छ’, घिमिरेले मलेसियाबाट नागरिक न्यूजसँग भने।

मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो। सुरूमा दुइ दिन बस्ने भनेकाे बैठक निष्कर्षमा नपुग्दा लम्बिएकाे थियाे।

सहमतिसँगै दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको उनले बताए। ‘अब नेपालीहरु मलेसिया जाने प्रक्रिया तुरुन्तै सुरु हुन्छ।’ सहसचिव घिमिरेले मलेसिया बन्द नगरेको जिकिर गर्दै श्रम सम्झौता अनुरुप नयाँ प्रक्रियाबाट कामदार जाने बाटो खुला भएको बताए।

वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले टिओआरको आधारमा मलेसियाको माग प्रमाणिकरण र श्रम स्वीकृतीको काम अघि बढ्ने उनको भनाई छ। मलेसिया गतिराेध अन्त्य भएकाेमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराइले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गत वर्षदेखि अवरूद्ध नेपाली श्रमिकहरुको गन्तव्य मलेसिया आगामी आइतबारबाट खुल्ने भएको छ।’


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...