Sunday 26th May 2024

नेपालले जिम्बावे र सिंगापुर सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने


ओमान क्रिकेटको आयोजनमा अक्टोबर ५ (असोज १८) देखि हुने टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी-२० सिरिज खेल्ने भएको छ।नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताए।

शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न  लागेको हो।

नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।

नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।

सिंगापुरमा नेपालको खेल तालिका

असोज १० गते नेपाल भर्सेस जिम्बावे

असोज ११ नेपाल भर्सेस सिंगापुर

असोज १४ गते नेपाल भर्सेस जिम्बावे

असोज १५ गते नेपाल भर्सेस सिंगापुर

ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।

विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।

नेपाल भने गत महिना सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो। विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका

असोज १९ गते नेपाल भर्सेस हङकङ

असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स

असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड

असोज २३ गते नेपाल भर्सेस ओमान

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

प्रतिकृयाहरू
...