Thursday 23rd April 2026

नेपालले जिम्बावे र सिंगापुर सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने


ओमान क्रिकेटको आयोजनमा अक्टोबर ५ (असोज १८) देखि हुने टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी-२० सिरिज खेल्ने भएको छ।नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताए।

शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न  लागेको हो।

नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।

नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।

सिंगापुरमा नेपालको खेल तालिका

असोज १० गते नेपाल भर्सेस जिम्बावे

असोज ११ नेपाल भर्सेस सिंगापुर

असोज १४ गते नेपाल भर्सेस जिम्बावे

असोज १५ गते नेपाल भर्सेस सिंगापुर

ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।

विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।

नेपाल भने गत महिना सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो। विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका

असोज १९ गते नेपाल भर्सेस हङकङ

असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स

असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड

असोज २३ गते नेपाल भर्सेस ओमान

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

दृढता, विश्वव्यापी स्रोत क्षमताको बलियो पक्ष तथा उपभोक्ताको पुनः सक्रिय गतिशीलतालाई उजागर गरेका छन्। -युसुफअली एम.ए. लुलु समूहले जीसीसी-व्यापी ‘वर्ल्ड…

प्रतिकृयाहरू
...