Sunday 19th May 2024

नेपालको राष्ट्रिय फुटबल टिम भोली दिउँसो कुवेत आउँदै


तितोपाटी – सन २०२२ मा  कतारमा आयोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको  राष्ट्रिय फुटबल टिम भोली १ सेप्टेम्बर २०१९ को दिन दिउँसो १४ः२० बजे कुवेत आइपुग्दैछ । नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट भोली दिउँसो कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ राष्ट्रिय खेलाडीहरूको टोलीलाइ स्वागत गर्न कुवेतको सुभान स्थित सेख साद विमानस्थल टर्मिनल ३ मा उपस्थित भैदिनुहुन गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतले सबैमा हार्दिक अनुरोध छ ।

नेपाली टिमले आगामी सेप्टेम्बर ५ तारिकको दिन विश्वकप फुटबल २०२२ को छनोटको पहिलो खेल कुवेतको कैफान स्थित स्पोर्टिङ क्लवमा साँझ ७:४५ बजे कुवेतसँग खेल्ने भएको छ। नेपालले विश्वकप छनाेट खेल अन्तर्गत कुवेत, जोर्डन, ताइवान लगायतका मुलुकसँग फुटबल खेल खेल्नेछ र छनाेट चरणमा  विजयी भएमा सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

यसै छनाेट खेलसँग सम्बन्धित रहेर गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतले नेपाली फुटबल टोली र फुटबल एसोसिएशन कुवेत संग समन्वय गरिरहेको छ भने देशको स्वभिमान र गौरव संग जोडिएको नेपाली फुटबल खेलाडीहरुलाई मैदानमा हौसला प्रदान गर्नको लागी धेरै भन्दा धेरै नेपालीहरुलाइ कसरी उपस्थित गराउन सकिन्छ भन्ने विषयमा कुवेतमा क्रियाशिल संघ संस्था,मिडिया साथै समाजका अग्रजहरु,अभियन्ताहरु सँग हिँजो एक विशेष छलफल पनि सम्पन्न गरेको छ । खेल हेर्न जाने नेपाली दर्शकहरूको सुविधालाइ ध्यानमा राखी मालियाबाट खेल मैदान सम्मको लागि यातायातको ब्यवस्था गर्ने जनाउँदै नेपालको गाैरबसँग जोडिएको यो खेलकुदमा जति सक्दो धेरै नेपालीहरूको उपस्थितिको लागि कुवेतमा कृयाशिल संघ-संस्था तथा अभियन्ताहरूले एेक्यवद्धता जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...