Monday 17th August 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराई एकाबिहानै किन देउवालाइ भेट्न गए ?


तितोपाटी – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए ।

सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका लागि पुगेका हुन् ।

भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको बताए ।

आफूले जानकारी गराउँदै गर्दा देउवाले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव समेत दिएको भट्टराईले बताए ।


सम्बन्धित शीर्षकहरु

आज पृथ्वीमा ८ अर्बभन्दा बढी मानिस बसोबास गर्छन्। तर मानव इतिहासको कुनै समयमा हाम्रा पूर्वजहरूको संख्या अत्यन्तै न्यून अवस्थामा पुगेको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ठूलो मात्रामा घटाउन पेन्टागनलाई निर्देशन दिएको बताएका छन्।…

-रोजिना ढुंगाना सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको छ, तर त्यही माध्यम कहिलेकाहीँ ठगी र धोखाधडीको जाल पनि बन्न सक्छ। यो…

प्रतिकृयाहरू
...