Monday 17th August 2026

कुवेतविरुद्धको खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्ने


तितोपाटी –  विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।

२३ सदस्यीय टोली र १२ अफिसियल गरी ३५ जनाको जम्बो टोली आइतबार कुवेत प्रस्थान गर्नेछ । नेपालले कुवेतबिरुद्ध सेप्टेम्बर ५ मा खेल खेल्नेछ ।

कुवेतबाट नेपाल फर्किएकै दिन नेपाली टोली चाइनिज ताइपेइका लागि प्रस्थान गर्नेछ । नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध खेल खेल्नेछ ।

विश्वकप तथा एसियन कपको दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ । नेपालले कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ । समूहको शीर्ष २ टोली तेस्रो चरणमा स्थान बनाउनेछन् ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

आज पृथ्वीमा ८ अर्बभन्दा बढी मानिस बसोबास गर्छन्। तर मानव इतिहासको कुनै समयमा हाम्रा पूर्वजहरूको संख्या अत्यन्तै न्यून अवस्थामा पुगेको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ठूलो मात्रामा घटाउन पेन्टागनलाई निर्देशन दिएको बताएका छन्।…

-रोजिना ढुंगाना सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको छ, तर त्यही माध्यम कहिलेकाहीँ ठगी र धोखाधडीको जाल पनि बन्न सक्छ। यो…

प्रतिकृयाहरू
...