Wednesday 26th November 2025

कुवेतमा २०५ अाैं भानु जयन्ति मनाइने


तितोपाटी – कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ ।

विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउदै आएको छ ।

नेपाली भाषाका अादिकवि  भनेर चिनिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । उनले अनुवाद गरेका रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन्। भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन कुवेतमा क्रियाशील बिभिन्न संघ संस्था समाजसेवी, बुद्धिजीवि, पत्रकार, खेलाडी र कलाकार लगायत  सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई महासंघले हार्दिकअनुरोध समेत गरेको छ ।

कार्यक्रमको विवरण

मिति : १३ जुलाई २०१८ शुक्रबार

स्थान: पपिन्स हल जिलिब

समय: बिहान ठिक १० बजे

सम्पर्क नं: ६६२६५२२६ / ६७७४९३६१ / ५०६६११७४/५०३०७३०३


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...