Tuesday 1st September 2026

प्रकाशको नाममा विदेशको बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती


काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने विषय झुटो रहेको दाबी गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले प्रकाश (प्रचण्ड पुत्र) को नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ।

‘क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्।’ प्रचण्डको प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’बाट जारी विज्ञप्तिमा भनिएको छ,’  दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।’

प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरुले बदनाम गर्न षडयन्त्रपूर्ण भ्रामक प्रचार गरिएको सचिवालयले जनाएको छ। विज्ञप्तिमा जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको उल्लेख गरिएको छ।

‘परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ,’  षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।’

साउन १४ गते प्रचण्ड परिवारसहित दुबईको भ्रमण गरेका थिए। भ्रमणको समयमा बैंकको रकम व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने भनाईप्रति सचिवालय खण्डन गरेको हो।

बिज्ञप्ति जस्ताको तस्तै

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...