Tuesday 1st September 2026

वर्षेनी पाँच हजारले ‘सिध्याउँछन्’ आफैले आफैलाई


आत्महत्याको पहिलो कारण प्रेम सम्बन्ध

नेपालमा आत्महत्या गर्नेहरुको तथ्याङ्क अत्यासलाग्दो छ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आफैले आफैलाई सिध्याउने (आत्महत्या) गरेका छन् ।प्रेममा आफूले भने जस्तो नहुनु, परीक्षामा आफूले भने जस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५–७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।

आव २०७५–७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ ।

आव २०७४–७५ को तुलनामा आव २०७५–७६ मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । आव २०७४–७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए । काठमाडौं उपत्यकामा आव २०७५–७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४–०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...