Tuesday 8th September 2026

म्याग्दीमा जिप दुर्घटना: १४ जना घाइते, एकको ज्यान गयो


तितोपाटी – म्याग्दी जिल्लाको सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको बोलेरो जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते भएका छन भने एक जनाको ज्यान गएको छ ।

उक्त बोलेरो जिप बुधबार साँझ ४ बजे घुम्तीमा ब्रेकफेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिप सडक देखी झण्डै ७० मिटर तल खसेको थियो । निकै अप्थ्यारो घुम्ती र जिपमा क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका बेनी नगरपालिका ३ का बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उक्त दुर्घटनामा घाइते मध्ये १२ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ । भने घाइते मध्येका एक जनाको स्वास्थ अवस्था सामान्य रहेकी बेनपा ३ बर्ष ३८ की भुमिदेबी खातीको अस्पतालमा उपचार जारी रहेको जनाइएको छ ।

चालक बेनी नगरपालिका– ३ का यामबहादुर श्रीस मगर, बेनपा –३ बर्ष २५ का विशाल शाक्य ,उनकी श्रीमती बर्ष २२ की शान्ता शाक्य र छोरी बर्ष ३ की साइदा शाक्य ,बेनपा ३ बर्ष २० का इन्द्र बहादुर विक ,बेनपा ३ बर्ष ४० की ज्ञानकुमारी श्रीस मगर ,मंगला गाउँपालिका ८ का विक्रम सुनार , मंगला ३ बुद्धिसरा सुनार ,बागलुङ नगरपालिका ३ बर्ष २१ की मञ्जु खत्री , ,बेनपा ३ बर्ष ७१ डम्मर बहादुर छन्त्याल ,बेनपा ३ बर्ष ४५ का आइतराम विक,बेनपा ३ बर्ष ४५ की रुपा घर्तीै मगलाई पोखरा मनिपाल अस्पतालमा रिफर गरिएको छ ।

तस्बिर – मनकुमारीको फेसबुक वालबाट


सम्बन्धित शीर्षकहरु

सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले…

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

प्रतिकृयाहरू
...