Tuesday 15th September 2026

टी-२० वरीयताको अलराउन्डरमा कप्तान पारस २५औं स्थानमा


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा नेपालका कप्तान पारस खड्का अलराउन्डरतर्फ २५ औं स्थानमा आइपुगेका छन्। उनीभन्दा तल भारतका सुरेश रैना २६ स्थानमा छन्। यस्तै पारसले अफगानिस्तानका रासिद खानलाई पनि पछि पारेका छन्।

अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्। बंगलादेशका सकिब अलहसन दोस्रो र अफगानिस्तानका मोहमद नाबी तेस्रो स्थानमा छन्।अलराउन्डरमा नेपालका सोमपाल कामी ६६ स्थानमा छन्।

ब्याटिङमा पारस ६६ स्थानमा छन्। पारस भन्दा तल भारतका महेन्द्रसिंह धोनी ६७औं स्थानमा छन्। वरीयतामा वेस्ट इन्डिजका क्रिसल गेल ७३  स्थानमा झरेका छन्। शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन्। दोस्रो स्थानमा न्युजिल्यान्डका कोलिन मुनरो र तेस्रो स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्।

बलिङमा नेपालका बसन्त रेग्मी ७१ रनमा छन् भने सोमपाल कामी ७८ स्थानमा यथावत छन्। बलिङमा अफगानिस्तानका रासिद खान शीर्ष स्थानमा छन्। पाकिस्तानका इमाद वासिम दोस्रो र पाकिस्तानकै सादब खान तेस्रो स्थानमा छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...