Sunday 21st December 2025

टी-२० वरीयताको अलराउन्डरमा कप्तान पारस २५औं स्थानमा


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा नेपालका कप्तान पारस खड्का अलराउन्डरतर्फ २५ औं स्थानमा आइपुगेका छन्। उनीभन्दा तल भारतका सुरेश रैना २६ स्थानमा छन्। यस्तै पारसले अफगानिस्तानका रासिद खानलाई पनि पछि पारेका छन्।

अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्। बंगलादेशका सकिब अलहसन दोस्रो र अफगानिस्तानका मोहमद नाबी तेस्रो स्थानमा छन्।अलराउन्डरमा नेपालका सोमपाल कामी ६६ स्थानमा छन्।

ब्याटिङमा पारस ६६ स्थानमा छन्। पारस भन्दा तल भारतका महेन्द्रसिंह धोनी ६७औं स्थानमा छन्। वरीयतामा वेस्ट इन्डिजका क्रिसल गेल ७३  स्थानमा झरेका छन्। शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन्। दोस्रो स्थानमा न्युजिल्यान्डका कोलिन मुनरो र तेस्रो स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्।

बलिङमा नेपालका बसन्त रेग्मी ७१ रनमा छन् भने सोमपाल कामी ७८ स्थानमा यथावत छन्। बलिङमा अफगानिस्तानका रासिद खान शीर्ष स्थानमा छन्। पाकिस्तानका इमाद वासिम दोस्रो र पाकिस्तानकै सादब खान तेस्रो स्थानमा छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...