Sunday 1st November 2026

प्रधानमन्त्री ओली स्वाथ्य परीक्षणका लागि आज सिंगापुर जाँदै


प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्दैछन् । उनी सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन् । गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइन बढी देखिएकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लागेका उनको सचिवालयले जनाएको छ ।

धपेडीका कारण पनि प्रधानमन्त्रीको स्वाथ्यमा समस्या भएको भन्दै आराम गर्न समेत चिकित्सकले सुझाव दिएका छन् । उनको उपचार सिंगापुरको सरकारी युनिभर्सिटी अस्पतालमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

प्रतिकृयाहरू
...