Friday 19th December 2025

सुनिल थापाको एक्सन प्रधान चलचित्र “रे” साउन २४ गतेबाट प्रदर्शनमा


तितोपाटी – साउन २४ गतेबाट चलचित्र ‘रे’ रिलिज हुने भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ। ट्रेलरअनुसार खलअभिनेता सुनील थापा यो फिल्ममा डनको रूपमा प्रस्तुत भएका छन्। फिल्मका अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाबीचको प्रेमसम्बन्धमा सुनील थापा बाधक बनेको यसमा देखिन्छ।

ट्रेलरअनुसार नवअभिनेता दिवस यो फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएका छन्। ट्रेलरलाई ओएसआर डिजिटलको युट्युज च्यानलबाट रिलिज गरिएको हो। दिनेश पौडेलको लेखन निर्देशन रहेको चलचित्र रे एक्सन प्रधान जनरामा आधारित रहेको ट्रेलरबाट प्रस्टिएको छ। एक्सनसँगै सामाजिक प्रेमकथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ।

यो चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन्। यो फिल्ममा सुनील थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाइली, रक्षा गुरागाईं, अभिषेक जोशीको अभिनय छ। फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ।

कुमार श्रेष्ठको द्वन्द्वनिर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश विशंखेको सम्पादन, महेन्द्र थापाको छायांकन यो चलचित्रमा रहेको छ।


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...