Sunday 1st November 2026

अस्पतालमा उपचारार्थ नम्रताको १० दिन पछि मृत्यु


तितोपाटी- घाटमा पुर्‍याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी पाल्पाकाे रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ ।

उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेकाे ज्ञवालीको १० दिनपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । यसअघि झाडापखालाबाट सिकिस्त भएपछि नर्मताको तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा १२ दिनसम्म उपचार भएको थियो ।

निको हुनुकाे साटो रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडिघाट पुर्‍याएर कालीनदीमा अर्धजल चढाएका थिए । खुट्टाको औला नदीमा डुबाएपछि नर्मताकाे होस आएको भन्दै उनका आफन्तले उपचारका लागि पुन: अस्पताल पुर्‍याएका थिए ।

साभार उज्यालो अनलाईन


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...