Wednesday 5th August 2026

अस्पतालमा उपचारार्थ नम्रताको १० दिन पछि मृत्यु


तितोपाटी- घाटमा पुर्‍याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी पाल्पाकाे रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ ।

उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेकाे ज्ञवालीको १० दिनपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । यसअघि झाडापखालाबाट सिकिस्त भएपछि नर्मताको तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा १२ दिनसम्म उपचार भएको थियो ।

निको हुनुकाे साटो रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडिघाट पुर्‍याएर कालीनदीमा अर्धजल चढाएका थिए । खुट्टाको औला नदीमा डुबाएपछि नर्मताकाे होस आएको भन्दै उनका आफन्तले उपचारका लागि पुन: अस्पताल पुर्‍याएका थिए ।

साभार उज्यालो अनलाईन


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले चीनबाट खरिद गरेको SH-15 १५५ मिमी ५२ क्यालिबरको स्वचालित ह्विल्ड तोप प्रणाली भारतसँग जोडिएका क्षेत्रमा ठूलो संख्यामा तैनाथ गरेको…

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

प्रतिकृयाहरू
...