Sunday 1st November 2026

समाजवादी पार्टीका नेता रामनयन माथि गोली प्रहार


तितोपाटी- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका समाजवादी पार्टीका नेतामाथि बिहीवार दिउँसो गोली प्रहार भएको छ ।

कपिलवस्तुको लवनीबाट पकडी जाँदै गरेका समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले दिउँसो २ बजे शुद्धोधन–६ टिटिरियामा गोली प्रहार भएको हो । टिटिरिया लुम्बिनी तौलिहवा सडक खण्डमा पर्छ ।मोटरसाइकलमा रहेका यादवलाई पछाडिबाट मोटरसाइकलमै आएका २ जनाको समूहले गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दिप शमशेर राणाले लोकान्तरलाई जानकारी दिए ।

शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको हातको पाखुरामा गोली लागेको छ । उनको अवस्था भने सामान्य रहेको राणाले जानकारी दिए ।सामान्य घाइते भएका यादवको अहिले तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । नेपाली नम्बर प्लेटरको मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भोगेको जानकारी घाइते यादवले प्रहरीलाई दिएका छन् । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साभार लोकान्तरलाई


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...