Sunday 11th May 2025

पाकिस्तानमा सैनिक विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु


तितोपाटी – पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताए। राजधानी इस्लामाबादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन्। सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नुपर्ने अवस्था रहेको बुटाले जानकारी दिए।

एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो। ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको प्रत्यक्षदर्शीलाइ उधृत गर्दै समाचार प्रकाशित भएको छ।

विमानमा सवार कतिपयले सहयोगका लागि चिच्चाएका र उनीहरुको सहयोगको प्रयास गरिएको तर सम्भव नभएको सदिकले बताए। उनका अनुसार सो दुर्घटनामा एकै परिवारका सात जनाको ज्यान गएको छ। सेनाको सूचना शाखाका अनुसार यो सैनिक विमान नियमित प्रशिक्षणमा रहेको थियो। उद्धारकर्मीहरूले आगलागी नियन्त्रणमा लिई घाइतेलाई स्थानीय अस्पतालमा पु-याएका थिए।

यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारजनप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन्। एएफपी


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...