Sunday 5th July 2026

बिशालु जंगली च्याउ खाँदा रोल्पामा एकै घरका ३ जनाको मृत्यु


डिबि बुढाथोकी – रोल्पामा जंगली बिषालु च्याउ खाँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खाँदा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो । घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी, छोरी सुनिता बुढाथोकी र छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको हो। श्रीमान अमरसिंह बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।

बिषालु च्याउ खाएर बिरामी भएका परिवारलाई उपचारको लागि पुर्वी रोल्पाको बजार क्षेत्र मानिने सुलिचौर लागिएको थियो । सुलिचौरमा पनि उपचार सम्भव नभएपछि उनीहरुलाई बुटवल पठाईएको थियो । उपचारका लागि बुटवल लिंदै गर्दा ३ बर्षीय पुस्कर बुढाथोकीको साउन ११ गत्ते बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै ७ बर्षीय सुनिता बुढाथोकीको साउन १२ गते र २५ बर्षीय कुर्मली बुढाथोकीको साउन १३ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको स्थानीयबासि जेबि बिष्ट “भावुक”ले जानकारी दिए ।

एकै परिवारका ३ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको स्थानीयवासी बताउछन ।


सम्बन्धित शीर्षकहरु

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

प्रतिकृयाहरू
...