Sunday 14th June 2026

पाल्पामा मृत्यु भएको भनि घाटमा लगिएको मानिस जिउँदै!


तितोपाटी – पाल्पामा मृत्यु भएको भनि घाटमा लगिएकी एक महिला जिउँदै भेटिए पछि पुनः फर्काइएको छ ।समाचारका अनुसार दुषित पानीको कारण झाडापखलाको महामारीमा परि पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेकी रैनादेवी गाउँपालिका – १ सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको मृत्यु भएको भनि घाटमा लगिएकोमा ज्युदै भएपछि अहिले उनलाई पुनः अस्पताल भर्ना गरिएको छ ।

लामो समय उपचार गरेर पनि विरामीको सुधार नभइ अस्पतालले डिस्चार्ज गरिएकी ज्ञवालीलाइ अक्सिजन दिएर राखिएकोमा सोमबार दिउँसो आफन्तको आग्रहमा अस्पतालले डिस्चार्ज दिएको थियो । डिस्चार्ज पछि आफन्तले एम्वुलेन्समा राखेर रिडी घाटमा लगेकोमा अक्सिजन झिकेपछि विरामीको मृत्यु भएको हल्ला भएको र उनको खुट्टा जलमा डुवाएर राखी चिताको तयारी गर्दै गर्दा केही समयपछि उनी चल्न, कराउन थालेपछि तत्कालै त्यँहीबाट स्थानीय स्वास्थ्य चौकी पुर्याइएको थियो ।

ज्ञवालीलाई स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लैजान भनेपछि आफ्न्ताले एम्वुलेन्समा राखी लुम्विनी मेडिकल कलेज प्रवास पर्याएका थिए । उनको अहिले लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको अस्पताले जनाएको छ ।

-रानीमहलबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

प्रतिकृयाहरू
...