आइसिसी क्रिकेट विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी न्युजिल्यान्डका कप्तान केन विलियमसन घोषित भएका छन्।
आइतबार भएको उपाधि भिडन्तमा इंग्ल्यान्डसँग बाउन्ड्रीको आधारमा पछि पर्दा न्युजिल्यान्ड उपविजेतामै सीमित बनेको थियो।![]()
विलियमसन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले ५७८ रन जोडे। उनले ९ इनिङ ब्याटिङ गर्दा २ शतक र २ अर्धशतक प्रहार गरे।
बढी रन बनाउने पाँच खेलाडी
रोहित शर्मा (भारत) -६४८ रन
डेभिड वार्नर (अस्ट्रेलिया) -६४७ रन
सकिब अल हसन (बंगलादेश) -६०६ रन
केन विलियमसन (न्युजिल्यान्ड) -५७८ रन
जोए रुट (इंग्ल्यान्ड)- ५५६ रन
बढी विकेट लिने खेलाडी
मिचेल स्टार्क (अस्ट्रेलिया) – २७ विकेट
लकी फर्ग्युसन (न्युजिल्यान्ड) – २१ विकेट
जोफ्रा आर्चर (इंग्ल्यान्ड) – २० विकेट
मुस्ताफिजुर रहमान (बंगलादेश) – २० विकेट
जसप्रित बुमराह (भारत) – १८ विकेट
-सेतोपाटीबाट