Thursday 16th April 2026

यि सामानहरू कहिल्यै पनि फ्रिजमा नराखाैं


तितोपाटी – फलफूल र सागसब्जीलाई लामो समयसम्म फ्रेश राख्नका लागि हामी फ्रिजमा राख्छौं । हामीमध्ये कतिलाई थाहा नहोला कि फ्रिजमा सबै खानेकुरा राख्नु उपयुक्त हुँदैन । खानेकुरालाई धेरै दिनसम्म बचाएर राख्छु भन्दा यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको धेरैलाई थाहा नहोला । आउनुहोस्, यसबारे जानकारी लिऔंः

१. पाउरोटीः

पाउरोटीलाई कहिले पनि फ्रिजमा राख्नुहुँदैन किनभने फ्रिजमा यसलाई राख्दा यसको स्वाद त बिग्रन्छ नै यसले स्वास्थ्यमा पनि प्रतिकूल असर निम्त्याउँछ ।

२. कफीः

कफीलाई पनि कहिल्यै फ्रिजमा राख्नुहुँदैन । फ्रिजको कफीले त्यहाँ राखिएका अन्य खानेकुराको समेत गन्ध सोस्ने गर्दछ त्यसकारण यो चाँडै नै बिग्रिन्छ ।

३. गोलभेडाः

गोलभेडालाई पनि फ्रिजमा राख्नुहुँदैन किनभने यसो गर्दा गोलभेडाको झिल्ली फुट्ने गर्दछ जसका कारण यो चाँडै कुहिन्छ । यतिमात्र होइन, फ्रिजमा राखिएको गोलभेडा खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ ।

४. केरा:

केरालाई फ्रिजमा राख्दा यो चाँडै नै कालो हुन्छ । यसबाट इथाइलिन नामको ग्याँस निस्कने गर्दछ जसका कारण यसले आफ्नो वरिपरि राखिएको फलफूललाई पनि खराब गर्दछ ।

५. महः

महलाई कहिले पनि फ्रिजमा नराख्नुहोस् । यो यत्तिकै पनि सुरक्षित हुन्छ । यसलाई तपाईंले साधारण अवस्थामा भाँडोमा बन्द गरेर राख्नु भयो भने पनि यो वर्षौंसम्म खान लायक हुन्छ । फ्रिजमा राख्दा यो जम्ने गर्दछ र यसलाई भाँडोबाट निकाल्न गाह्रो हुन्छ ।

६. आलूः

आलूलाई फ्रिजमा राख्दा यसको स्टार्च सुगरमा परिवर्तन हुन थाल्छ जसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गर्छ । यसले आलूको स्वादलाई पनि बिगार्छ ।

७. खरबुजाः

खरबुजालाई कहिले पनि फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा खरबुजा राख्दा यसमा पाइने पौष्टिक तत्व नष्ट हुन्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...