Wednesday 26th August 2026

कोलेस्ट्रोलको समस्या भए के गर्ने क नगर्ने ?


तितोपाटी – रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् ।

शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ ।

शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन । फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ ।

अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ । मदिरामा बढी क्यालोरी हुन्छ ।

मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।

मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ ।

मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ । थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ । त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ ।

चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ । यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ । कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ ।

चिकेनले पनि कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसका कारण हप्तामा तीन–चार पिसभन्दा बढी नखाँदा राम्रो हुन्छ । रेड मिट त झन् खानै हुँदैन । खाए पनि महिनामा एक पटक मात्रै खादा राम्रो ।

महिलाले कोलेस्ट्रोल बढाउने प्रडक्ट बढी प्रयोग गर्दा पनि सन्तुलन नै हुन सक्छ । महिलामा फ्याट पचाउने क्षमता बढी हुन्छ ।

फाइबरयुक्त खानाले कोलेस्ट्रोल घट्न सघाउँछ । प्लान्ट बेस खानेतेलको भने बढी प्रयोग गर्नुहुँदैन । काजुलगायतका ड्राइफुड दिनमा एक मुठीसम्म खाँदा त्यति धेरै फरक पर्दैन ।

कोलेस्ट्रोलको मात्रा बढ्नुमा सबैभन्दा बढी भूमिका जेनेटिक कारणको हुन्छ ।


सम्बन्धित शीर्षकहरु

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

प्रतिकृयाहरू
...