Wednesday 13th May 2026

कोपा अमेरिकामा भ्रष्टाचार भएको स्टार फुटबलर मेस्सीको आरोप


तितोपाटी – स्टार फुटबलर लिओनल मेस्सीले कोपा अमेरिका २०१९ मा अर्जेन्टिनामाथि भेदभाव भएको आरोप लगाएका छन्। आइतबार भएको तेस्रो स्थानको खेलपछि मेस्सीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै मेडल समेत लिन अस्वीकार गरेका छन्। आइतबार तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २-१ को जित निकालेर कास्य पदक जितेको थियो। मेस्सीले खेलको ३७ मिनेटमा रातो कार्ड पाएका थिए। उनको यो खेल जीवनको दोस्रो रातो कार्ड हो।

आयोजकप्रति असन्तुष्टि जनाएका मेस्सी तेस्रो स्थानको मेडल वितरण भइरहदा मञ्चमा गएनन्। त्यसपछि प्रदान गरिएको ट्रफी विरतरणमा पनि अर्जेन्टिनी कप्तान मेस्सीले सहभागिता जनाएनन्। यसअघि ब्राजिलविरुद्धको खेलपछि पनि मेस्सीले रेफ्रीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। सो खेलमा ब्राजिलले अर्जेन्टिनामाथि जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। फाइनलमा आयोजक ब्राजिल र पेरुबीच आइतबार मध्यरातमा खेल हुँदैछ।

‘हामीले भ्रष्टाचार भएको स्थानमा सहभागिता जनाउनु हुँदैन। किनकी हामी यो प्रतियोगितामा पीडित बनेका छौं,’ मेस्सीले स्पेनिस मिडिया एएसलाई भनेका छन्, ‘हामी दुवैलाई पहेँलो कार्ड दिए हुँदा केहि फरक पर्दैन थियो। यस्तै कुराले प्रतियोगितामा असर परेको छ।’

खेलका दौरान मेस्सीले चिलीका ग्यारी मेडलसँग कुम र टाउको जुधाएका थिए। त्यसपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिए।‘हामीले प्रतियोगितामा राम्रो खेल खेल्यौं। तर व्यक्तिगत रुपमा म पीडित भएँ,’ मेस्सीको भनाइ छ। मेसीले आइतबार हुने फाइनलमा त्यस्तो गल्ती नदोहोरिने विश्वास व्यक्त गरे। साथै देशका लागि उपाधि जित्न नसकेको विषयमा सोधिएको प्रश्नमा उनले आफू खेलप्रति केन्द्रित भएको तथा देशका लागि खेल्दा सधैं गर्व महसुस भइरहने प्रतिक्रिया दिए।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...