Thursday 6th August 2026

यस वर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित


तितोपाटी – नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा ‘ए प्लस’ ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। बिहीवार प्रकाशित नतिजा अनुसार कुल १७ हजार पाँच सय ८० जना विद्यार्थी ‘ए प्लस’ श्रेणीमा उत्तीर्ण भएका बताइएको छ। यो सङ्ख्या गत वर्षको भन्दा तीन हजारले बढी हो।

यो वर्ष पहिलो पटक सङ्घीय संरचनाअन्तर्गत एसईई भएको हो। कुल परीक्षार्थी चार लाख ७५ हजार तीन जना रहेको कार्यालयले बताएको छ। त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ। मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।

गतवर्ष असार ९ गते रिजल्ट भएको थियो।यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छ:

ए प्लस (३.६ देखि ४ जीपीए): १७,५८०
ए (३.२ देखि ३.६ जीपीए): ५१,१३७
बी प्लस (२.८ देखि ३.२ जीपीए): ६३,७४१
बी (२.४ देखि २.८ जीपीए): ७६,५६४
सी प्लस (२ देखि २.४ जीपीए): ९८,२०७
सी (१.६ देखि २ जीपीए): ९५,३०७
डी प्लस (१.२ देखि १.६ जीपीए): ४३,८४१
डी (०.८ देखि १.२ जीपीए): ४,४२९

एसईईको नतिजा विभिन्न वेबसाइट र मोबाइल सन्देश एसएमएसबाट हेर्न सकिन्छ। शिक्षासम्बन्धी सरकारी निकायहरूका निम्न वेबसाइटहरूमा हेर्न सकिन्छ: https://see.edusanjal.com/

त्यसैगरी नेपाल टेलिकमले विगतमा झै आफ्नो वेबसाइट http://www.see.ntc.net.np/ एसईईको नतिजा राख्ने बताएको छ। नेपाल टेलिकमकै १६०० मा फोन गरेर दिइएको निर्देश अनुसारको आफ्नो नतिजा थाहा पाउन सकिन्छ। एसएमएसबाट भने १६०० मा अङ्ग्रेजीमा एसईई र सिम्बोल नम्बर पठाएर नतिजा प्राप्त गर्न सकिन्छ।

ग्रेडिङ र प्रादेशिक शिक्षा प्रणालीमा गएपछि विगतमा जस्तो चासो नभएको भनिए पनि आम नागरिकमा एसईईको नतिजाप्रतिको आकर्षण कायम नै छ। सामाजिक सञ्जालहरूले धेरैले एसईई नतिजाका लिएर टिप्पणी गर्ने र आफ्नो बेलाको परीक्षा एवम् नतिजा सम्झने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...