Saturday 11th January 2025

कथाः मेरी उनी


विकास पन्थी – अस्तव्यस्त जिन्दगी, पीडै पीडाले भरिएको मन, मरुभूमि जस्तो भाको यो जीवन,यो प्रचण्ड गर्मी तैपनी हातमा तातो चिया । मुटुभरि भरिएका उनका याद भविस्य बनाउन आमाको काख संगै गाउँको माया छोडेर पसिएको यो बिरानो शहर  । कती अनौठो है मान्छेको जीवन यस्तै कुरा मनमा खेलाउँदै चियाको चुस्की लिदै बसेको म, झसङ्ग पार्दै साथी आउँछ सुदिप(साथी भन्दा माथी एकदम मिल्ने साथी)अनि भन्छ के छ प्लान ?

निधार खुम्चाउदै भने:, के हुनु यार केही छैन ।

हुन त कहिले पो जीवन प्लान अनुसार चलेको थियो र त्यो नि हो ।

हिड एकछिन बाहिर जाउ, कतै घुमेर आउला उसले यति भनेपछि नाइ भन्ने कुरा भएन । निस्कियौ  एकछिन बाहिर । चार वर्षको पढाईको दुई वर्ष सकिन लागेको थियो । सुदिपले भन्यो, के छ उनको खबर अझै माया गरिरहन्छस अब त उ अर्कैकी भैसकी माया त हो जति बिरानो भयो जति टाढा भयो झन बढ्दै जाने रैछ यति भने ,उसले मुस्कुक्क हास्दै भन्यो ,भो भो तँ संग बोलेर को नै थाक्न सक्छ र म नि हाँसे उ पनि हाँस्यो त्यो । पल उनको कुरामा भएता पनि मेरो मुहारमा मुस्कान छायो । जब कि उनले सारा मुस्कान लुटेर गइसकेकी थिइन । उनी, मेरी उनी, मेरो जिन्दगीमा सबैभन्दा किम्ती श्वास जत्तिकै खास बनेकी थिइन “मेरी उनी” “सुस्मिता”(काल्पनिक पात्र) । सुस्मिता अर्थात अथाह सुन्दरता अनि मुस्कान कि खानी । साच्चिकै यस्तै थिइन मेरो सानी (मैले उनलाई भन्ने नाम) । सुन्दरताको त के बयान गरु जब कि शब्दकोषका हजारौं सब्द उनको सुन्दरताको अघि घुडा टेक्थे अनि मुस्कान, वाह क्या मिठो मुस्कान थियो, लाग्थ्यो लठ्ठ पर्न भाङ धतुरो आवश्यक थिएन उनको मुस्कान अगाडि ।

उनी संगको पहिलो भेट:
प्लस टु पछिको पढाई ,नया कलेज ,नया माहोल ,पहिलो दिन ,क्लासमा पहिलो बेञ्चमा एक्लै बसिरहेको म अनि अगाडि पछाडी हेरेको सबै बेन्चहरु भरिसकेका थिए ।सबै एकअर्कासंग बोलिरहेका थिए । नयाँ चिनजान गर्दै थिए,नयाँ साथी बनाउदै थिए । एउटा म मात्र थिएँ हातमा कलम लिएर बेन्च कोर्दै बसिरहेको थिएँ ।

केहि बेरमा एउटा भुड़े सर क्लासमा पसे। म्याथ पढाउने रहेछन ती गुरुपहिलो क्लास उनकै रहेछ ।
आफ्नो अनौठो नाके बोलीमा आफ्नो परिचय पृथक तरिकाले दिए ओहो, कस्तो स्वर …हा हा.. मन-मनै खित्का छुट्यो र रमाइलो पनि लाग्यो। त्यहि बेलादेखि एउटा नयाँ रुचि पैदा भयो म मा, उनको आवाज को नक्कल उतार्ने। हा हा .. उटफट्यांग म। यस्तै यस्तै सोच्दै मात्र के थिए, ढोका कसैले ढक-ढकायो। बाहिरको घामको उज्यालो संगै उभिएको एउटा आकृतिले ढोका खोल्यो। त्यो ढोकामा उभिएको आकृति बाहिरको उज्यालोको कारण कालो देखिन्थ्यो , ता पनि त्यो आकृति कुनै केटीको हो भन्ने छुट्याउन मलाई गार्हो भने भएन। छायाँ जस्तै आकृतिमा साइड तिर भिरेको ब्याग , घुम्रेको कपाल, स्कर्ट अनि अग्लो कद सम्म चिन्न सकियो। एकै छिनमा त्यो छायाबाट आवाज आयो, “मे आइ कम इन सर ?”।
“आउनुस, आउनुस” सरले जवाफ दिए। त्यो छायाँ बिस्तारै कोठामा प्रवेश गर्दा भने बल्ल क्लासको प्रकाशमा उनले लगाएको कपडाको रंग, उनको ब्याग, मुहार अनि उनको आँखा बिस्तारै देखिन थाले। अँ , उनको आखा …गाजल लगाएका, गोला अनि ठुला आँखा ,गोली चलाउने खालका थिए। लाग्यो, ती आँखाबाट छुटेको गोली सिधै आएर मेरो छातीमा लाग्यो र म घाइते भएर बेञ्च मै पछारिएं । बस्न को लागि मेरो बेञ्च भन्दा अरु कुनै सिट थिएन। मेरो बेञ्च तिर आएर मलाई सोधिन ,” मे आइ सिट हेयर “अफ कोर्स माइ डियर”, मन ले जवाफ दियो , तर मुखले केहि नबोली भित्ता तिर सरिदिएँ अनि नाके बोलीमा सबैले आ-आफ्नो परिचय दिउ भन्दै सरले भन्नू भयो । यहि पलको प्रतीक्षामा थिए म साइडमा बसेकी उनिबाटै सुरु भयो ।
नाम रैछ सुस्मिता ,शहर मै हुर्केकी शहरमै पढेकी । त्यो दिन निकै खास लाग्यो पहिलो नजरमै उनी मन परेकी थिइन अनि नाम पत्ता लगाउन नि केही गार्हो भएन । भुडे सरलाई नि मनमनै धन्यवाद दिदै त्यो दिन त्यत्तिकै सकियो । पहिलो नजरमै मन परेकी उनी दोस्रो दिनपनि क्लासमा मै संग बसिन तर अफसोस न उनले बोलाइन न त मैले बोलाउने हिम्मत गरे । एकअर्कालाई हेराहेर गर्दै दिनहरु घटिरहे । उनी मिठो हाँस्थिइन ।मैले धेरै पटक ख्याल गरेको थिए । लठ्ठै पर्थे उनको मुस्कानमा मन थियो सधैभरी उनी मेरै अगाडि हाँसिरहुन तर के गर्नु सबै सोचेको कहाँ सम्भव हुन्थ्यो र ! केही दिनपछि उनको जन्मदिन रहेछ । एकजना साथी आएर Happy BirthDay सुस्मिता भनिन्। अनि मैले नि भनम कि जस्तो लाग्यो तर बोल्ने आँट भने आएन ।उनी बाहिर गइन अनि उनको कापि तेहि बेञ्चमै थियो हतारहतार उनको कापी खोले अनि पहिलो पेजमा Happy Birthday Dear लेख्ने मन हुदा हुँदै पनि Happy birthday मात्र लेखेर छोडें तर बिडम्बना उनी बाहिरबाट आएर हतार हतारमा कापी झोलामा राखेर क्लासबाट निस्किइन । पछि बुझेको केही आवश्यक काम परेर छिटो घर जान पर्या रैछ । यतिकै कलास सकियो सबै निस्किए म नि निस्किए तर पनि फर्की फर्की क्लासतिर हेर्न मन लाग्यो । उनको त्यो आकृति अझै कलेजमै झल्किरहन्थ्यो । थकित मन लिएर ओछ्यानमा पल्टिएर फेसबुक चलाइरहेको थिए, यतिकैमा उनको तस्बिर साथी पठाउन मिल्ने ठाउँमा देखें अनि सोचे भगवान पनि मेरै साइडतिर रैछन । अब त कसो साथ नदेला र भाग्यले मनमनै धेरै भावहरु खेलाउदै उनलाई Request पठाए । सोचेको थिएन यति छिटै Accept हुन्छ भनेर ! उतिखेरै मेरी उनी अर्थात सुस्मिताले Request Accept गरिन आज उनको जन्मदिन, लाग्यो बोल्ने बहाना यहि हो ।अनि हतार हतारमा happy birthday लेखेर पठाए उनको रिप्लाई नआउँदा सम्म उनकै प्रोफाइल खोलेर हेरे ,मीठो मुस्कान सहितका फोटोहरुले उनको वाल संगै मेरो फेसबुकको भित्ता पनि रङ्गाइदियो ।
उनले Thank you भन्दै हासेको इमोजी पनि संगै पठाइन ।

लाग्यो उनी मुस्कुराउदै म्यासेज गरिन तर के थाहा, मनको सबै कुरा keyboard मा type हुन्छ भन्ने छैन । तैपनी राम्रै सोची बोले धेरै कुरा भयो कति छिटो रात पर्यो थाहा नै भएन ।फेसबुकमा धेरै बोलेपछी बल्ल भेटमा बोल्न थाले । राम्रो संग खुलेर बोल्थिन । उनीसँग वितेका केही दिनहरु यति खास लाग्न थाले,  मानौ ती दिनहरु मैले चाहेर पनि भुल्न सक्दैनथे । यसरी हाम्रो कुराकानीहरु धेरै हुन लागे ।उनको Good Morning र good night म्यासेज नआउँदा सम्म बिहानीको कुनै अर्थ लाग्दैन्थ्यो र रात्री निन्द्राको पनि । उनी साच्चिकै मन परेकी थिइन मलाई तर कसरी व्यक्त गरु म उनलाई? उनी हुनेखाने सपनाको महल खोज्ने मान्छे म एउटा गरिब,  सपनामा महल देख्ने मान्छे तैपनी उनी प्रतिको माया बढ्दै गयो।उनी संग भेटमा कुरा हुन लाग्यो उनी अनलाइन नहुँदा उनका पुराना म्यासेज हेरेर मनलाइ खुसी तुल्याउथे । उनको प्रोफाइल नि कति पटक नियाल्ने गर्थे अनि हेर्थे कतै single status बाट relationship मा त पुगेको छैन यदि उनको प्रोफाइल हेर्दैमा views बढ्ने भए सायद आज सम्म billions views पुग्थ्यो होला । न त म संग Bike नै थियो,न त उनलाई घुमाउन सक्ने अौकात थियो थियो त केबल यो अबोध गरिब मनले गरेको माया प्रेमलाइ बुझ्नु भन्दा पनि मान्छेलाइ बुझ्नु जरुरी हुन्छ यहा किनकी मान्छेहरु प्रेम गर्न स्वार्थी हुदैछन आजकाल ।आफुलाई माया गर्ने मान्छे पाउन त्यति गाह्रो हुदैन यहाँ जति आफुले माया गरेको मान्छे पाउन गाह्रो हुन्छ । उनले म्यासेज मा के छ भनेर सोध्थिन मैले तिमीलाइ धेरै माया छ भन्थे । यसरी नै हाम्रो कुरा हुन्थ्यो उनी थोरै मोटि थिइन म भन्दा । कहिलेकाहीं जिस्काउन मोटि भन्थे ,उनी छिटै रिसाउथिन। मलाइ झन माया लागेर आउथ्यो हुन पनि रीसाएको बेला झन धेरै माया लाग्छ र अरु बेला भन्दा धेरै सम्झिन्छौं ।

एक दिन साझ भेट्न मन लाग्यो उनलाइ भने कतै भेटेर कफि पिउँन । उनले पनि नकार्न सकिनन् हुन्छ भनिन हतार हतार गरेर तोकिएको ठाउमा छिटै पुगे म ।
नजिकैको कफि सपमा बसेर हामी दुइले धेरै कुरा गर्याैं तर उनलाई मन पराउछु भन्ने आट चाहिँ आएन । क्या गज्जब कि थिइन उनिीबयान गरेर साध्य नै थिएन । कविता नै कोर्थे होला उनको बारे, के गर्नु म कवि थिएन के उपमा दिउ उनको सुन्दरतलाई? जब शब्दकोष पल्टाएर हेरे कुनै शब्दै नै थिएन यसरी नै उनलाई हेरिरहन्थे, उनले के हेरेको तेसरी लाज लाग्दैन भन्थिन। मन मनै आफ्नै प्रियलाई हेर्न नि के लजाउनु भन्न कुरा खेले पनि केही नबोली आफै नजर हटाउथें । Happy Birthday कपिमा लेखेर Wish गरेको कुरा धेरै पटक सम्झाउथिन अनि जिस्काउथिन, त्यस्तो लजाउने मान्छे आजकाल कति धेरै बोल्छ हुन पनि आफ्नो मान्छे ठाने पछि धेरै कुरा बोलिने रहेछ ।
उनी, जाउँ है अब धेरै बेर बाहिर घुमे घरमा गाली गर्नु हुन्छ भन्दै मिठो मुस्कान दिन्थिन । त्यही मुस्कानले नै फसाउँथ्यो मलाइ । नाइ भनौ मुस्कानको अपमान हुने, हुन्छ भनौ उनी संग छुट्ने मन थिएन तैपनी हस भनी उठ्याैं दुबैजना । अनि लाग्याैं आ-आफ्नो बाटो घर पुगेर फेरि कुरा निरन्तर भइरहे । म उनलाई सानी भनेर बोलाउँथे । म्यासेजमा उनी पनि मायालु पारामा बोल्थिन । यस्तै चलिरहेको थियो नोटिफिकेसन संग थपिएको अलिकती खुशी साथै म्यासेजमा थपिदै गइरहेको बात । चिने जाने झै साँझबिहान उस्कै याद । बिहान बिहानै Goodmorning’ भन्नु अनि रात भर ब्युँझिदै ‘GoodNight’ भन्नु ।
दिनमा उस्को १० पल्ट म्यासेजको वेट गर्नु अनि म्यासेज पढेर मन मनै हाँस्नु कहाँनी केहि अघी बढ्यो । मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु सुस्मिता ।”
उनले भनिन्, “हजूर, के भन्या मैले सुनिन मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु । एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो तर उनले फेरि भनिन् “बुद्धु यति भन्न पनि यतिका समय लाको माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो खाली एकोहोरो हेर्ने?” पागल म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “थाहा छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, तिमी भने यतिका दिन तड्पाएर मात्रै ।

वल्ल मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो दखें म त विस्तारामा पो रहेछु । मेरो अँगालोमा त सिरानी थियो । भित्ते घडीमा बिहानको सात बजेको दखें अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको । “आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन तर अहँ, आधा घन्टासम्म कोसिस गरें तर निदाउन सकिन । सँगै क्याम्पसमा पढ्ने साथी थिइन् मेरी उनी सुस्मिता । चार वर्षे पढाइको अवधिको करिब एक वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन् उनी । उनका चञ्चल आँखा, बोल्दा यतायता हल्लाउदै फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी । ती आँखाका अलावा उनको स्वभावबाट प्रभावित भएको थिएँ म । सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दथिइन् उनी तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए ।

दोस्रो वर्षको क्लास सुरु भयो तर चार पाँच दिन सम्म उनी आइनन् । मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो । पछि थाहा पाएँ उनको त बिवाह हुने भएछ ।उनी धेरै दिनपछि अनलाइन आइन ,मैले हिम्मत गरेर भने म तिमीलाई धेरै माया गर्छु तिमीलाई घुमाउन बाइक त नहोला तर जिन्दगीका हेरेक पाइला तिमी संगै हिड्न चाहन्छु। यतिकैमा उनले नसोचेको जवाफ दिइन तिम्रो मेरो फेमिली ब्याकग्राउन्ड नै मिल्दैन तिमी त मेरो साथी मात्र हो । उनको मुस्कान सहितको म्यासेजले मेरो मोबाइलको स्कृन भिज्न गयो तै पनि हासेको इमोजीसंगै म्यासेज गरें, हस सधै खुसी रहनु महलमा बस्ने तिम्रा सबै सपनाहरु पूरा होउन । उनले हासेको इमोजिमात्र पठाइन । मलाइ छोडेर अर्कैलाइ अपनाउदै छौ, होस गर है सबै म जस्तो निस्वार्थ मायालु हुदैनन । उनलाइ यतिमात्र भने तेहि मुस्कानमा फिदा भएको म ,अन्त्यमा आएर तेहि मुस्कानले नै धोका दियो मेरा मौनताहरूले धेरै कुरा बोलिरहे तर पनि म बोलिनँ। किन बोल्नु उनकै हासेको इमोजी बोलेको थियो म मौन थिए। किनकी मैले मनको भावलाई अभिव्यक्त गर्नु पुर्व नै श्रद्धाञ्जली दिन थालें सायद उन्को Contact List Facebook र Meessenger मात्रै सिमित थिए ।

म सबैलाई सम्झाउन सक्छु जस्तो लाग्थ्यो मलाई । म बिल्कुल गलत रहेछु मैले उसैलाई सम्झाउन सकिन जस्लाइ मैले मेरो दिल पुरै दिएको थिए । उनको धनि केटासंग बिहे हुने भएछ। अन्तिम पल्ट भेट्छु भनेर उनलाई बोलाए उनी बोलिनन्। मैले नै बोलाएँ। उनी पहिलेजस्ती लागिनन्। निकै अड्कलेर बोल्ने भइछन्। मैले पनि मुस्कुराउदै भने, राम्रो गर्याै तिमीले । जीवन जिउनका लागि माया मात्र काफि छैन जुन तिमीमा देख्दै छु। म तिम्रै खुसी देख्न चाहाने मान्छे हुँ । तिमी खुसि हुनु तिमी महलमा बसेर मिठो परिकार खाउली तर म झुप्रोमा बसेर ढिँडो खाएर नै संतोष छु । तिमी मखमलको बिस्तारामा निदाउली म गुन्द्रिमा सुतेर नै मिठो सपना देख्छु । तिम्रो नया जिबनलाई शुभकामना।मेरो जाने बेलामा आँशु झर्यो अनि भने मलाई बिर्से पनि यो आँशुलाई कैले पनि नबिर्सनु यो मेरो उपहार हो तिमिलाई गरिबसंग हुने यहि एउटा मात्र अमुल्य उपहार हो लैजाउ।उनि केहि बोलिनन् यतिकैमा हामी छुट्याैं
एकअर्काको बाटो रोझेउ । माया गरेर मात्र हुने रहेन्छ अहिलेको समयमा माया त पैसामा बिक्ने रहेछ। उनी अर्कैकी भइन तर मलाइ मुस्कान देखाएर मेरो मुस्कान जति लुटेर बिच बाटोमा एक्लै छोडेर गइन ।

कति टोलाउछस तेहि पुरानो मायामा , जाउ हिड चिया खाएर आउ यतिकैमा साथिले भन्यो !हस भनी हिडेउ चिया खानतिर साथी मात्र एउटा यस्तो चीज हो जो जसले जस्तो सुकै पिडामा पनि खुसी ल्याउन मद्दत गर्छ।
नोट:- यस कथाका पात्र काल्पनिक हुन कसैको जिन्दगीसङ मेल खान गएमा संयोग मात्र हुनेछ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबका एक व्यक्तिले सामाजिक जमघटमा आफ्ना आठ जना छोरीहरूलाई सार्वजनिक रूपमा “उपहार” दिएका छन । उनले त्यसो गरेपछि साउदी…

जर्मनीको रामस्टेन एयर बेस: बसर अल असदको सरकारलाई अपदस्थ गरेपछि दाइस समूह (जसलाई आईएसआईएस पनि भनिन्छ) लाई प्रमुख खतराको रूपमा…

विस्कॉन्सिन विश्वविद्यालय-म्याडिसनका इन्जिनियरहरूले फ्युजन रिएक्टर भित्रको कठोर अवस्थाको सामना गर्न सक्ने नयाँ वर्कहर्स सामग्री उत्पादन गर्न स्प्रे कोटिंग प्रविधि प्रयोग…

प्रतिकृयाहरू
...