Monday 19th October 2026

एनआरएन ओमानको अधिवेशन जुन २८ मा हुँदै


तितोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति ओमानको अधिवेशन जुन २८ तारिक शुक्रबार  हुने भएको छ। उक्त अधिवेशनमा विश्व भरिबाट बिभिन्न देशका एनआरएनएन अभियान्ताहरूको सहभागिता हुुने बुझिएको छ ।

गैर आवासीय नेपाली संघ आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ मा हुने मिति तय भए लगतै ओमान लगाएत अन्य राष्ट्रहरूमा एनसिसीहरूको अधिवेशन हुन लागेको हो। ओमनामा बर्तमान सचिव डिवी क्षेत्री भएका कारण सबै देशका केन्द्रीय स्तरका (एनआरएनएन) अभियान्ताहरूको उपस्थितिलाइ निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उक्त अधिवेशनमा एनआरएन आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य लगायत विभिन्न देशका  दर्जनाै एनआरएन अभियान्ताहरूको उपस्थिति रहने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...