Friday 19th December 2025

सन्नी लियोनको एउटा गीतको लागि सिंगो फिल्म बनाउने बजेट खर्च


तितोपाटी – भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् । उनले उक्त गीतको अभिनयको लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उक्त रकममा केहि समय अघि सम्म अाैसतमा नेपाली फिल्म नै बन्ने गरेका थिए ।

कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् । सन्नीले यो गीतका लागि  सम्राट् बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको मागअनुसार नै गीत तयार पारिएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफरसहितको टिमले निर्देशन गरेको हो ।

३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् ।

सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले ‘पासवर्ड’ निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।


सम्बन्धित शीर्षकहरु

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

प्रतिकृयाहरू
...