Tuesday 8th September 2026

प्रवासी इलामेली सेवा समाज कुवेतको २८ जुनमा हुने अधिवेशनको तयारी पुरा


तितोपाटी – प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l

समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिषेशता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले बिभिन्न साँस्कितिक प्रस्तुतिको साथमा मनाउन लागेको उक्त कार्यक्रम आगामी २८ जुन २०१९ शुक्रबारको दिन फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने भएको छ।

उक्त कार्यक्रमलाई भव्य र सभ्यरुपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै संघ संस्था लगायत सम्बन्धित सम्पूर्णलाई पत्राचार गरिसकेको र कारण बस पत्र हात नपरेको खण्डमा यसै मिडिया मार्फत निमन्त्रणा स्विकर गरी उपस्थिति जनाईदिनु हुन आयोजकले आग्रह गरेको छ साथै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक प्रवासी इलामेली सेवा समाज कुवेतले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको बिवरणः

मिति: २८ जुन २०१९ शुक्रबार ।
समय: दिनको ठिक ११ बजेदेखि ।
स्थान : युनिक अडिटोरियम हल फर्वानिया कुवेत ।
आयोजक : प्रवासी इलामेली सेवा समाज कुवेत ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...