Wednesday 17th June 2026

एनआरएनद्वारा ‘NRN FAMILY MEMBER CARD’ वितरण गर्न सुरु


तितोपाटी – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । यो कार्ड संघका पंजीकृत सदस्यहरुका नेपालमा बस्ने परिवार सदस्यहरुको लागि हो। परिवार सदस्य भन्नाले संघका पंजीकृत सदस्यका पहिलो नाताका व्यक्तिहरु पर्दछन। श्रीमान्/श्रीमती, सन्तान र बाबु-आमा मात्र यसमा पर्छन। बिबाह गरेका सन्तानले यो कार्ड लिन पाउने छैनन। यो केवल प्राइमरी किनको लागि मात्र हो।

आइतबार काठमाडौंमा भएको कार्यक्रममा संघका अध्यक्ष भुवन भट्टले कार्ड वितरण शुभारम्भ गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको पनि सुरुवात गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

कार्डबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था गर्न लागिएको एनआरएनले जनाएको छ । दुई वर्षसम्म नविकरण गर्न नपर्ने कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुने पनि अध्यक्ष भट्टले बताए ।

हाल एनआरएनएमा करिव ७० हजार सदस्यहरु आवद्ध रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...