Sunday 2nd November 2025

जनप्रगतिशिल मञ्च ओमनको किङ्ग रेस्टुरेन्टमा भेटघाट तथा बृहत छलफल कार्यक्रम सम्पन्न


तितोपाटी – जनप्रगतिशिल मञ्च ओमनले शुक्रबार मस्कट घालाको म:म किङ्ग रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरि भेटघाट तथा बृहत छलफल कार्यक्रम सप्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ढिलै भएपनि नयाँ वर्ष २०७५ को नेपाली पात्रोको बिमोचन गरि निशुल्क वितरण गरेको छ । ओमनमा आगामी हुने संगठन एकताको बारेमा पनि महत्त्वपूर्ण छलफल भएको छ ।

उक्त छलफल तथा भेटघाट कार्यक्रममा एन आर एनका सचिब तथा मञ्चका सल्लाहकार डिबि क्षेत्री, मञ्चका अध्यक्ष उमेश विश्वकर्मा, उपाध्यक्ष हेम आचार्य, केन्द्रिय सदस्य शुरेस बराईली, याम बहादुर सुनारी मगर र सचीव तथा प्रचारप्रसार बिभाग प्रमुख पूर्ण विश्वकर्माको उपस्थिति रहेको थियो । भर्खर नेपालबाट छुट्टी सकेर आउनु भएका सचीव पुर्ण बिश्वकर्माले नेपालको राजनीतिक र संगठनको बारेमा पार्टी कार्यलयमा भएको छलफल बारेमा प्रष्ट पार्नु भएको थियो ।

सचीवले नेपाल बसाइको क्रममा पार्टी कार्यलय पेरिस डाडामा बिदेश बिभाग सचीव युवराज चौलागाईं लगायत शीर्ष नेतृत्वहरु संग भेटघाट गर्नु भएको थियो । प्रवासमा रहेका कामदारको विषयमा बृहत छलफल गरि ज्ञापनपत्र समेत बुझाउनु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

प्रतिकृयाहरू
...