Thursday 14th May 2026

तितोपाटीको प्रधान सम्पादकमा नबराज पन्थी


तितोपाटी – कोसेली समुह कुवेतद्वारा संचालित तितोपाटी डट कम को प्रधान सम्पादकमा नवराज पन्थी नियुक्त भएका छन् ।  कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको आज ६ जुन २०१९ बिहिबारको दिन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा बसेको विशेष बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधान सम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो ।  विगत ११ वर्ष देखि कोसेली समुहबाट विभिन्न मिडियाहरू मरूभूमिको कोसेली, तितोपाटी डट कम र युटुबमा titopati online संचालित छन् ।

कोसेली समुह कुवेतको स्थापनाकाल देखि सम्पादकको रूपमा रहेर छापा संस्करण मरूभूमिको कोसेली पत्रिकाको प्रधान सम्पादक रहि सकेका सामाजिक अभियन्ता तथा कलमबाज पन्थी विगत १६ वर्ष देखि कुवेतमा कार्यरत रहेका छन् भने कुवेतमा रहेका विभिन्न सामाजिक संघ सँस्थामा समेत नेतृत्वदायी भूमिकामा रहेर कार्य गरि सकेका छन् ।

अत्यन्त मिलनसार, सहृदयी र हक्की स्वभावका पत्रकार पन्थी कोसेली समुह कुवेतका पुर्व अध्यक्ष हुन भने उनले नेपालमै रहँदा खेरि वि.सं. २०५७-५८ साल तिर पाल्पामा रहेको सामुदायिक रेडियो मदमपोखरा एफ.एम. र गाउँले देउराली साप्ताहिकसँग आवद्ध भएर पत्रकारिताको अनूभव संगाली सकेका छन् । हाल उनी नेपाल पत्रकार महासंघ कुवेतको उपाध्यक्ष पदमा रहेका छन् ।

प्रधान सम्पादक नबराज पन्थीलाइ नियुक्त गर्ने विशेष बैठकमा संस्थाका संस्थापक संरक्षक सुजन केसि, बरिष्ठ सल्लाहकार मनु भुजेल, सल्लाहकार एवं बरिष्ठ पत्रकार तोयानाथ दाहाल, निवर्तमान प्रधान सम्पादक एवं पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्याैपाने लगायत कोसेली समुह कुवेतका सम्पुर्ण सदस्यहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...