Friday 15th May 2026

इन्डोनेसियामा कार्गो पानीजहाज दुर्घटना हुँदा १७ जना वेपत्ता


तितोपाटी – इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले हिँजो बुधबार जानकारी दिएको छ ।

शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो । यस कार्गो पानीजहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्यहरु भएको जनाइएको छ । सो पानीजहाज बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तको नजिकै मरोवाली सहरतर्फ गइरहेको थियो ।

चालक दलका सदस्यहरु यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धार कार्य जारी रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...