Wednesday 15th April 2026

नुवाकोट धादिंग रसुवा समाजको अधिबेशन जुलाई २० मा हुने


तितोपाटी- कुवेतमा १५ महिना पहिला गठन भएको नुवाकोट,धादिङ्ग रसुवा समाजले प्रथम ऐतिहासिक अधिबेशन गर्ने भएको छ। कुबेतमा कार्यरत नुवाकोट धादिंग रसुवा जिल्लाबासी नेपाली दाजुभाई दिदि बहिनीको पहलमा सामाजिक सस्था आन्तरिकमा रुपमा १५ महिना पहिला खोलिएको थियो । कुबेतको नेपाली समाजमा बिल्कुलै नयाँ सामाजिक सस्था नुवाकोट, धादिङ, रसुवा समाज कुवेत अधिबेशन संगै कुबेतको नेपाली समाजमा सक्रिय रहने बुझिएको छ । “आपासी एकता उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नारालाइ आत्म साथ् गर्दै आगामी जुलाइ २० तारीख शुक्रवारका दिन ऐतिहासिक प्रथम अधिबेशन गर्न लागेको अध्यक्ष् राकेश मनाङ्थेन तामाङ ले जानकारी गराएका छन । उक्त अधिबेशन समहरोमा उपस्थितिको लागि नेपाली संघ सस्था समाजसेवी बुद्दिजिबी पत्रकार लगायत सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई नुवाकोट धादिंग रसुवा समाजले अनुरोध समेत गरेको छ ।
मिति: २० जुलाई २०१८
समय: बिहान १० बजे
स्थान; राजधानी रेस्टुरेन्ट, खैतान

 


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...