Wednesday 15th April 2026

भारतमा विपक्षी दलको नेतामा पुनः सोनिया गान्धी


तितोपाटी – भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताएका छन्। भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ।

नयाँ सरकारको नयाँ केन्द्रीय वार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने संभावना रहेको छ। लोकसभामा काँग्रेसको ५२ जना सांसद रहेका छन्। गान्धीले संसद्मा उनीहरुको नेतृत्व गर्ने भएकी छन्। उनी सन् २००४ देखि निरन्तर काँग्रेसको संसदीय दलको नेता हुन्।

-रासस


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...